समाचार

गठबन्धनका शीर्ष नेता देउवा, प्रचण्ड, नेपाल र यादवले संयुक्त सभालाई सम्बोधन गर्ने

२० बैशाख २०७९, मंगलवार १२:३९
गठबन्धनका शीर्ष नेता देउवा, प्रचण्ड, नेपाल र यादवले संयुक्त सभालाई सम्बोधन गर्ने

२० वैशाख, चितवन। चितवनको भरतपुरमा हुने चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्।

यहि बिहिबार वैशाख २२ गते विहान ११ बजे केन्द्रीय बस टर्मिनलमा हुने  भएको छ ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्नेछन्।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् । भरतपुर महानगरबाट सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।

रेणुको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेलले स्वतन्त्र (बागी) उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्