समाचार

बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही

१९ बैशाख २०७९, सोमबार १२:२२
बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही

२० वैशाख, धनगढी । कैलालीमा गठबन्धन दलले बागी उम्मेदवारी दिएका व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ ।

 आसन्न स्थानीय तहको निर्वाचनका लागि तीन दलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् ।

जारी विज्ञप्ति अनुसार नेकपा एकीकृत समाजबादीको तर्फबाट चुरेमा उपाध्यक्ष पदमा मनोनयन दिएका कृष्णकुमार खत्री, नेकपा माओवादी केन्द्रका चुरेका अध्यक्षका उम्मेदवार टेकबहादुर रजबार, सोही पार्टीका उपाध्यक्षका उम्मेदवार डिला सिजापती, कैलारी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरी, सोही पालिकामा माओवादी केन्द्रको तर्फका उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा गठबन्धनका उम्मेदवार नभएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्