समाचार

वडा सदस्य उम्मेदवार महिलाको मृत्यु

१९ बैशाख २०७९, सोमबार ०२:००
वडा सदस्य उम्मेदवार महिलाको मृत्यु

१९ वैशाख, बुटवल ।  रूपन्देहीको मर्चवारी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा सदस्य पदमा उम्मेदवार दिए एक महिलाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नंं. ३ को दलित महिला सदस्य पदका नेकपा एमालेकी उम्मेदवार कुसुमी पासीको शनिबार मृत्यु भएको हो । निर्वाचन अधिकृत सरोज पोखरेलले उम्मेदवारको मृत्युले निर्वाचन प्रभावित नहुने तर परिचयपत्र वितरण र सवारीसाधन अनुमतिपत्र वितरणको काम भने केही दिनलाई रोकिने बताए ।

प्रतिक्रिया दिनुहोस्