समाचार

चुनावको मुखैमा एमालेका प्रदेश कमिटी सदस्य पार्टी परित्याग गरी समाजवादीमा  प्रवेश

१९ बैशाख २०७९, सोमबार ०१:४५
चुनावको मुखैमा एमालेका प्रदेश कमिटी सदस्य पार्टी परित्याग गरी समाजवादीमा  प्रवेश

१९ वैशाख,रौतहट । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् ।

रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्