समाचार

गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

१८ बैशाख २०७९, आईतवार १५:१८
गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ।

प्रदेश अध्यक्ष सरल सहयात्रीले एक वक्तव्य जारी गर्दै बागी उम्मेदवारी दिने कमरेडहरुलाई भोलि (वैशाख १९ गते) सम्म आफू बागी उम्मेदवार नभएको र आफनो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न अल्टिमेटम दिएका हुन् ।

माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आइतबार वक्तव्य जारी गरेर सोमबार साँझ ५ बजेभित्र बागी (स्वतन्त्र) उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशन गरेका छन्। पार्टी र गठबन्धनको संस्थागत निर्णयमा प्रतिबद्ध रहेको स्वघोषणा गर्न पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्