समाचार

बालेन शाह अन्तर्राष्ट्रिय ठग

१८ बैशाख २०७९, आईतवार १४:२८
बालेन शाह अन्तर्राष्ट्रिय ठग

१८ बैशाख, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए ।

उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको स्थापितले बताए । ‘जहिले पनि चश्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि !’ स्थापितले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्