समाचार

एउटै रुखमा झुन्डिए श्रीमान श्रीमती हत्या

१८ बैशाख २०७९, आईतवार १४:१३
एउटै रुखमा झुन्डिए श्रीमान श्रीमती हत्या

१८ बैशाख, धनगढी । कैलालीमा पासो लगाई रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ ।

घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो लगाई झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो । मृतक बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी वेद प्रकाश जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुन्डिएको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्