समाचार

कारबाहीमा कांग्रेसका बागी उम्मेदवार

१८ बैशाख २०७९, आईतवार १४:०१
कारबाहीमा कांग्रेसका बागी उम्मेदवार

१८ बैशाख,खोटाङ । गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् ।

कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन गरिएको कांग्रेस खोटाङले जनाएको छ ।

गत १२ वैशाखमा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीकातर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको काँग्रेस खोटाङको अनुशासन विभागका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्