राजनीति

खाँडाचक्र नगरपालिकामा पुनः मेयरमा जसी पाण्डे

१८ बैशाख २०७९, आईतवार ०६:३८
खाँडाचक्र नगरपालिकामा पुनः मेयरमा जसी पाण्डे

१८ वैशाख, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले कालिकोटले खाँडाचक्र नगरपालिकाले पुनः मेयरमा जसी प्रसाद पाण्डेलाई सिफारिस गरेको छ ।

पाण्डेसहित उपमेयरमा मिना शाही सिफारिस भएकी छिन्। आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एमाले खाँडाचक्र नगरपालिकाको तर्फबाट जसी प्रसाद पाण्डेले पुनः नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

निवर्तमान मेयर ‘सुशासन , समृद्धि  र समाजबादीको आधार, खाँडाचक्र नगरपालिका एमालेको सरकार’ भनेर एजेन्डा आत्मसात गरेर पुनः मेयरमा उम्मेदवार दिएका छन् ।

उनी २०७४ सालमा भारी मतले विजय भएका थिए। तर त्यतिबेला नेकपा एमाले विभाजन भएको थिएन । अहिले बिभाजन भएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादी भएको छ । दुबैको उतिकै प्रभाव रहेको छ । तर पहिलाको भन्दा अहिले एमाले कमजोर छ । त्यसमा झन् नेकपा माओवादीको राम्रो प्रभाव रहेको छ ।

गठबन्धनको भागबण्डा गर्दा खाँडाचक्र नगरपालिकाका नेपाली काँग्रेसको भागमा परेको छ । तर गठबन्धन भित्र नै चर्को आलोचना भएको थियो । तर नेकपा माओवादीको राम्रो पकड रहेको नगरपालिका काँग्रेसको भागमा पर्दा माओवादीका नेता कार्यकर्ता रुस्ट भएका छन् । उता एकीकृत समाजवादी रुस्ट भएको छ । तर एसको तर्फबाट कमल शाही बागी उम्मेदवार दिएका छन् ।

गठबन्धन भित्र नै टिकट पाउने आकांक्षी धरै थिए । तर गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेत्री तारा शाहलाई टिकट दिए  । गठबन्धन भित्र नै बागी उम्मेदवार दिने धेरै भए । तर यता नेकपाका नेता पाण्डेलाई झन फाइदा हुन पुग्यो ।

निवर्तमान मेयर पुनः मेयर विजय हुने लगबग पक्का नै भएका छन् । मेयर पाण्डे गाउँपालिका देखि केन्द्रसम्म छबि बनाएका नेता हुन् । कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेता हुन् ।

समृद्धि कर्णाली सुखी कालिकोटलाई आत्मसात गरेका छन् । आफु खाँडाचक्रको विकास र समृद्धिको लागि सानै देखि अहोरात्र खटिएको उनले बताए । आफुले अघिल्लो कार्यकालमा गर्न नसकेका कामलाई निरन्तरता दिनको लागि आफु पुनः मेयरमा उठेको पाण्डेले बताए ।

आफुले जनताको लागि अहोरात्र खटिएर काम गर्दै आएको छु । तर अझै सेवा गर्ने छु । उनी पेशाले रिटायर शिक्षक तथा असल व्यवसायी हुन् । उनी नेकपा एमाले कालिकोटका अध्यक्षसमेत हुन् । इमान्दार, असल र समाजसेवी तथा बैद्धिकनेता हुन् । अब कालिकोट खाँडाचक्र नगरपालिकामा त्रिपक्षीय भिडन्त हुँदैछ । जनताले अब कुन पार्टी र नेतालाई जिताउन्छ ? समृद्धि तथा बिकास गर्ने बैद्धिकनेताको आउलान ? के अव कालिकोट बिधुत, संचार, शिक्षा, स्वास्थ्य को बिकास हुन्छ त ?

अझै कालिकोट मा सडकको व्यवस्थापन कहिल्यै हुने ? लगायत यस्तै धेरै प्रश्न जनताले नेतालाई सोध्ने गर्छन । के अब दोस्रो कार्यकालमा पुरा गर्लान मेयर पाण्डे ?

प्रतिक्रिया दिनुहोस्