समाचार

मन्त्रीपरिषद्को बैठक बस्दै

१८ बैशाख २०७९, आईतवार ०४:३७
मन्त्रीपरिषद्को बैठक बस्दै

१८ बैशाख,काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु आइतबार अनिवार्य अवकासमा जाँदै छन्। तर सरकारले पूर्वसन्ध्यासम्म पनि निर्णय गर्न सकेको छैन, यो विषयमा औपचारिक निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दै छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी सेवाहदका कारण अनिवार्य अवकासमा जान लागेका हुन्।

दुवै प्रहरी संगठनका प्रमुखहरुले अनिवार्य अवकास पाउने भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी सुरु गरेको छ। प्रहरी महानिरीक्षक शैलेश र सशस्त्र प्रहरी महानिरीक्षक केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । उनीहरूका लागि दुवै प्रहरी मुख्यालयमा आइतबार अपराह्न बिदाइ कार्यक्रम राखिएको छ ।

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोख्रेल, सहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक महानिरीक्षको प्रतिष्पर्धामा छन्।सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक राजु अर्याल महानिरीक्षक बन्ने लगभग पक्का छ। दुवै प्रहरी संगठनको महानिरीक्षकको टुंगो लगाउन आइतबार मन्त्रिपरिषद्को बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस्