समाचार

स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न : खसीको टाउकोदेखि भुइँकटहरसम्म

१७ बैशाख २०७९, शनिबार १५:२१
स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न : खसीको टाउकोदेखि भुइँकटहरसम्म

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ।

उम्मेदवारहरूलाई साँझ ५ बजेसम्म चुनाव चिन्ह दिइसक्ने आयोगको तयारी छ।  राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलहरूले आफ्नै चुनाव चिन्ह पाएका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नै चुनाव चिन्ह पाएका हुन्।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीहरूले पनि आफ्नै चिन्ह पाएका हुन्, जसमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत २३ दलले आफ्नै चिन्ह पाएका छन् ।

त्यस्तै जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाललगायत ४० दलले पनि आफ्नै चिन्ह पाएका छन् । तर, स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भने आयोगले तोकेको विभिन्न चिन्ह दिएको हो ।

त्यस्तै ठेकी, जोडी गमबुट, भालु, घण्टाघर, कङ्गारु, क्याप, भैसी, फ्रक, तिलहरी, चोलो, रिक्सा, आँखिझ्लाय, खसीको टाउँको, बँदेल, ग्यास सिलिण्डर, टायर, सिरिन्ज, केराको काईयो र ह्याण्ड पप्पधारा रहेका छन् ।

काठमाडौं महानगर मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् । पोखराका महानगरका गनेश पौडेलले लौरो चुनाव चिन्ह पाएका थिए । तर, अन्तिममा आएर उनको लौरो चुनाव चिन्ह खोसिएको थियो । पछि पुनः लौरो नै चिन्ह पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्