राजनीति

एमालेको मोनो-मेट्रो रेल सपना योजना पोखरा सर्‍यो

१७ बैशाख २०७९, शनिबार १५:०६
एमालेको मोनो-मेट्रो रेल सपना योजना पोखरा सर्‍यो

१७ वैशाख, पोखरा ।  एमालेले पोखरा महानगरपालिकाका घोषणापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्रमा सहरमा मोनो रेल र मेट्रो रेल चलाउने दाबी गरेको छ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।

‘श्रम सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नारासहित एमालेले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको प्रतिवद्धता पत्र शनिबार सार्वजनिक गरेको हो ।

घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो । तर त्यसको अध्यन गर्ने काम समेत भएको छैन । शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ ।

पाँच वर्ष अगाडि एमालेले काठमाडौँमा पनि यस्तै घोषणा पत्र ल्याएको थियो। एमालेमा उम्मेदवार निर्वाचित पनि भए। तर कार्यकाल पुरै असफल भयो।

प्रतिक्रिया दिनुहोस्