समाचार

नगरप्रमुखसहित २५ जनाको उम्मेदवारी फिर्ता

१७ बैशाख २०७९, शनिबार १२:५०
नगरप्रमुखसहित २५ जनाको उम्मेदवारी फिर्ता

१७ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका चिन्तामणी शर्मा पौडेलले नाम फिर्ता लिएका छन् । कांग्रेस र माओवादीकेन्द्रबीच भएको चुनावी तालमेल अनुसार गिरीले उम्मेदवारी फिर्ता लिएका हुन् भने नेकपा एमालेविरुद्धमा शर्माले बागी उम्मेदवार दिएका थिए ।

यस्तै, नगरप्रमुखमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी, ईश्वरीप्रसाद सापकोटा (वडा नं. १६ वडाअध्यक्ष), दीपेन्द्र राना (सदस्य), गोपिलाल ढकाल (सदस्य), भगवानप्रसाद जैशी (सदस्य), शेरबहादुर सिंह (सदस्य), कल्पना शाही (सदस्य), ओमप्रसाद शर्मा (सदस्य), विनोदकुमार सापकोटा (सदस्य), गणेश कुमार गोदार (सदस्य), भक्तबहादुर आले (सदस्य), बखतबहादुर शाही (वड नं. ९ अध्यक्ष), झुपलाल चपाई (सदस्य), भक्तबहादुर थापा (वडा नं. ४ अध्यक्ष), प्रकाश अधिकारी (वडा नं. ३ अध्यक्ष), नेत्रमणि शर्मा (सदस्य), रामबहादुर गौतम (वडा नं. २ अध्यक्ष), प्रेमबहादुर बयलकोटी (वडा नं. २ अध्यक्ष), रमेश कुमार पौडेल (सदस्य) र सागरकुमार थानी (सदस्य)लगायतले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्