समाचार

तीन उम्मेदवार निर्विरोध निर्वाचित

१७ बैशाख २०७९, शनिबार १२:४२
तीन उम्मेदवार निर्विरोध निर्वाचित

१७ वैशाख, भक्तपुर । भक्तपुरमा तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

भक्तपुर नगरपालिकामा २ जना र मध्यपुर थिमी नगरपालिकामा एक जना निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका अनुसार भक्तपुर नगरपालिका वडा नम्वर ५ की सरिना देउला र १० की विष्णुमाया कामी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै मध्यपुर थिमी गरपालिकामा भने लक्ष्मी देउपा पोडे नेपाली काँग्रेसबाट निर्विरोध निर्वाचित भएकी हुन् ।

वडा नम्वर ५ र १० का दुवै जना नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रहेका थिए । यस्तै मध्यपुर थिमी नगरपालिका वडा नम्वर ५ का सहित ३ जनानै दलित उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्