समाचार

श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

१७ बैशाख २०७९, शनिबार ०५:०४
श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न  राष्ट्रपति गोताबाया राजपाक्षे तयार भएका छन्। श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएको छ ।

श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएको सांसद मैत्रीपाला सिरिसेनाले बताए ।

उनले अब बन्ने नयाँ प्रधानमन्त्रीकाे नामबाट एक राष्ट्रिय परिषद् नियुक्ति गरिने तथा मन्त्रिमण्डलमा सबै राजनीतिक दलका सांसद सामेल हुने बताउनु भएकाे अल्जजिरामा उल्लेख छ । यसअघि, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्