राजनीति

माओवादीका एजेण्डमा देश चलिरहेको छ: नेता पाण्डे

११ मंसिर २०७८, शनिबार १२:४१
माओवादीका एजेण्डमा देश चलिरहेको छ: नेता पाण्डे

गण्डकी: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डेले आफ्नो पार्टीको एजेण्डामा देश चलिरहेको बताए।

माओवादी केन्द्र, ताराखोला गाउँपालिकाको अधिवेशनमा आज उहाँले परिवर्तनका एजेण्डा र उपलब्धिलाई गुम्न नदिन पार्टी पुनःनिर्माणको महाअभियान थालिएको उल्लेख गरेका छन् ।

जनयुद्ध र जनआन्दोलनका बलमा प्राप्त उपलब्धिको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव छ”, नेता पाण्डेले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा परिवर्तन उल्टने, देश कमजोर हुने खतरा छ ।

गणतन्त्र, सङ्घीयता, धर्म निरेपक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको सच्चा हकदार माओवादी केन्द्र रहेको उनको भनाइ छ । नेता पाण्डेले सङ्गठन, विचार र राजनीतिमा पार्टीलाई थप सुदृढ गर्न तहगतरूपमा कमिटीका अधिवेशन भइरहेको बताए ।

उनले ताराखोला गाउँपालिका गण्डकी प्रदेशमै नमूनायोग्य स्थानीय तहका रूपमा स्थापित भइरहेको भन्दै जनभावनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूमा आग्रह गरेका छन् । जनयुद्धताका ताराखोलाका नेता, कार्यकर्ता र जनताले पु¥याएको योगदानको उहाँले स्मरण गरेका छन् ।

विगतमा पार्टीले गरेका कमीकमजोरीप्रति पनि आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने नेता पाण्डेको भनाइ छ । उनले छिट्टै माओवादी केन्द्र देशको नेतृत्व गर्ने हैसियतमा आउने दाबी गरेका छन् ।

आज माओवादी केन्द्रले जिल्लाका १०वटै स्थानीय तहमा एकसाथ अधिवेशन गरिरहेको छ । अधिवेशनबाट नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्वाचित हुने माओवादी केन्द्र, बागलुङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्