समाचार

केही स्थानमा चट्याङसहित वर्षाको संभावना

१७ बैशाख २०७९, शनिबार ०२:३१
केही स्थानमा चट्याङसहित वर्षाको संभावना

१७ बैशाख, काठमाडौं। हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको छ।

हाल देशको  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम आंशिक बदली रहेको  छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भईरहेको छ।

दिउँसो स् देशको  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्