समाचार

मकवानपुरमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

१६ बैशाख २०७९, शुक्रबार १२:४२
मकवानपुरमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

१६ बैशाख,मकवानपुर। मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएकी लक्ष्मी माझीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया मार्झी कृपाले उम्मेदवारी फिर्ता लिएकी छन्। नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष उम्मेदवार फिर्ता गरेकी हुन्। लामिछाने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अनुसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन्। गठबन्धनको सहमतिअनुसार, अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादीका भक्तबहादुर खत्री उम्मेदवार छन्।

यसअघि बकैयाको उपाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ। अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको हो।

गठबन्धनको सहमतिअनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ। वडाहरूमा भने स्थानीय सहमतिका आधारमा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्