समाचार

कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता

१६ बैशाख २०७९, शुक्रबार १२:३१
कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता

१६ बैशाख, पोखरा। पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् ।

निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो   सत्तारूढ गठबन्धनले भागबन्डा गर्ने क्रममा पोखरामा नेकपा एकीकृत समाजवादीमा मेयर उठाउने जिम्म दिएको थियो। तर गठबन्धनले गरेको सो निर्णयको विरोधमा तिवारी र सापकोटाले मेयरमा उम्मेदवारी दिएका थिए।

पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरुको भनाइ छ। तर कांग्रेसकै अर्का बागी उम्मेदवार विमल कार्कीले भने उम्मेदवारी फिर्ता नलिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्