राजनीति

माओवादी केन्द्रका बागी उम्मेदवार धमाधम फिर्ता

१६ बैशाख २०७९, शुक्रबार ११:०५
माओवादी केन्द्रका बागी उम्मेदवार धमाधम फिर्ता

१६ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवार धमाधम फिर्ता लिएका छन् ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादीका कार्यकर्ता ‘ब्याक’ भएका छन् ।  शुक्रबार उम्मेदवारी फिर्ता लिने माओवादी केन्द्रका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी लिएका हुन् ।​

​यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा)ले पनि मनोनयन फिर्ता लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्