राजनीति

आफु अध्यक्षमा विजय भएपछि सरकारी सेवा सुविधा सामजिकार्यमै लगाउने पर्भानन्द आचार्य घोषण

१६ बैशाख २०७९, शुक्रबार १०:०८
आफु अध्यक्षमा विजय भएपछि सरकारी सेवा सुविधा सामजिकार्यमै लगाउने पर्भानन्द आचार्य घोषण

१६ बैशाख, कालिकोट । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द कालिकोटको तर्फबाट युवा नेता पर्भानन्द आचार्यले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उनी पार्टीको तर्फबाट खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र आचार्य प्रभावशालि तथा युवा नेता हुन् । उनी युवाका सपना बोकेका नेता हुन् । उनले “श्रीमको मूल्य बजारको ब्यवस्था हामी बदल्छौँ किसानको अवस्था” एजेण्डा लिएर छन् ।  कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेता हुन् ।

कुसल तथा युवा नेता आचार्य जनयुद्धको अवस्था देखि बर्तमान अवस्थामासम्म पार्टीमै अहोरात्र खटिएका छन् । उनले पार्टीका लागि आफ्ना कति इच्छा र चाहना नै जनताको लागि बलिदान दिएका छन् ।

उनी सानै देखि कम्युनिष्ट विचार धारणालाई आत्मसात गरेर हिडेको छन् । ‘हुने बिरुवाको चिल्लो पात भने झैँ ‘ आचार्य सानै देखि पढाई र राजनीतिकमा पनि उतिकै सक्रिय छन् । उनी मात्र एक हुन् । जो युवाको सपना बोकेर अध्यक्षमा उम्मेदवारी दिएका छन् । समृद्धि कर्णाली सुखी कालिकोटलाई आत्मसात गरेका छन् । आफु खाँडाचक्रको विकास र समृद्धिको लागि सानै देखि अहोरात्र खटिएको उनले बताए ।

वडाले पहिलो चोटी शिक्षित र बौद्धिक तथा क्षमातावान युवा नेता पाएको छ । यसै अघि पनि उनी अध्यक्षमा उठेका थिए । तर झिनो मतान्तर पराजित भएका थिए । वडाले अहिलेसम्म यसको क्षेति बेहोर्नु परेको उनले बताए । युवाको नेतृत्व गर्दै आफुले अध्यक्षमा पुन उम्मेदवारी दिएको उनले बताए ।

अझै पनि कालिकोटका जनता स्वास्थ्य, शिक्षा, खानेपानी, बिधुत, इन्टरनेट, सडकबाट बन्चित नै रहेका छन् । विकासका पूर्वाधारलाई नै मेरो पहिलो प्राथामिकता हो । जनताको सपना र इच्छा पुरा गर्नको लागि भएपनि आफुले अध्यक्षमा पुन: उम्मेदवारी दिएको बताए।

आफु सत्तामा पुगे पछि नेता आफ्नो कर्तव्य बिर्सिने गरेको नेता आचार्यले सम्झनासमेत गरेका छन् । २०७४ साल लाई स्मरण गर्दै आचार्यले भने गर्ने धेरै भने पनि पद मा पुगे पछि वडा अध्यक्षले नै आफ्नो कर्तव्य बिर्सेको स्मरण गरेका छन् ।अहिलेमात्र होइन पटकपटक हुँदै आएको छ  । आफ्नो कर्तव्य बिर्सिनेलाई अब जनताले स्वीकार्ने छैनन् ।

तर आफु व्यक्तिगत स्वार्थमा भन्दा पनि युवा र वडाबासीको सपना बोकेर अध्यक्षमा पुन उम्मेदवारी दिएको बताए । आफु अध्यक्षमा विजय भएपछि सरकारी सेवा सुविधा सामजिकार्यमै लगाउने आचार्यले घोषणासमेत गरेका छन् ।

उनी माओवादी केन्द विद्यार्थी भात्री संगठनका अध्यक्षसमेत भइसकेका छन् । आचार्य विगत ३ दशक यता माओवादीमा सक्रिय रहेका छन् । आचार्य गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्