समाचार

स्थानीय तह निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

१५ बैशाख २०७९, बिहीबार ०३:१०
स्थानीय तह निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

१५ बैशाख, काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज दोस्रो तथा अन्तिम दिन हो ।

आयोगले आज साँझ ६ बजे मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ। आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने दोस्रो तथा अन्तिम दिन हो। हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो।

त्यस्तै, आयोगको तालिका अनुसार भोलि (शुक्रबार)साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। भोलि नै आयोगले अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ। शनिबार चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि)साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्