समाचार

आलोक रायमाझीको एनेकपा र माधवको एस आज एकता हुँदैन

१५ बैशाख २०७९, बिहीबार ०२:४३
आलोक रायमाझीको एनेकपा र माधवको एस  आज एकता हुँदैन

१५ बैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी एनेकपा विच आज एकता हुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।

कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ । रायमाझीले हालै एनेकपाका अध्यक्ष गोपाल किरातीलाई पदबाट हटाएर आफू अध्यक्ष बनेका थिए। आलोकको नेतृत्वले किरातीलाई गएको माघ २५ गते गद्दार घोषित गर्दै पार्टीबाट निष्कासन गरेका थिए। आलोक माओवादी नेता टोपबहादुर रायमाझीका भतिज हुन्। टोपबहादुर उर्जामन्त्री हुँदा आलोक उनका स्वकीय सचिवमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्