समाचार

स्वतन्त्र उम्मेदवार उठाएको भन्दै दलित युवकको हत्या

१४ बैशाख २०७९, बुधबार १६:२८
स्वतन्त्र उम्मेदवार उठाएको भन्दै दलित युवकको हत्या

जनकपुरधाम । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।

स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।

ए दलित समुदाय किन चुपचाप बसेको छौ उत्रिनु पर्यो सडक मा सप्तरीमा २५ बर्षका सन्तलाल पास्वानले फेरि ज्यान गुमाउनु पर्यो , निहुँ अरु पार्ने चुनावमा दलितहरु स्वतन्त्र उमेदवार उठे पछि आफुहरु हारिन्छ भनी दलितको हत्या गर्ने ? अब यति बाकी थियोे यो पनि पूरा गर्यौ हैन ?

सधैं दलितलाई भोट माग्नको रूपमा प्रयोग गर्ने बानि परेकाहरु जुन वडामा ७ देखि८ सय भोट दलितका हुँदा एउटा उम्मेदवार बनाउन नसक्ने । अनि स्वतन्त्रमा उठदा आफू हर्छौँ कि भनेर दलितको हत्या गर्ने भने गायक तथा सर्जक लोकेश गोरालले आक्रोश पोखेका छन् ।

हत्यामा संगनलाई चाडो भन्दा चाडो कारबाही गर्न गायक गोरालको माग गरेका छन् । सबै क्षेत्रमा हामी दलित नै मारिनु पर्ने । कहिलेसम्म हो । बिहे गर्दा पनि हामी नै मारिनु पर्ने । कतै धारोमा पनि छोयो भने पनि हामीनै मारिनु पर्ने । अब राजनीतिकमा स्वतन्त्र उम्मेदवारी दियो भने मारिनु पर्ने हामी नै भनेर आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्