समाचार

एमालेबाट खाँडाचक्र नगरपालिका ४ बाट युवा नेता भवानी आचार्यको अध्यक्षमा उम्मेदवारी

१४ बैशाख २०७९, बुधबार १५:५९
एमालेबाट खाँडाचक्र नगरपालिका ४ बाट युवा नेता भवानी आचार्यको अध्यक्षमा उम्मेदवारी

१४ वैशाख, कालिकोट । आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट कालिकोट खाँडाचक्र नगरपालिका वडा न: ४ बाट युवा तथा प्रभावशालि नेता भवानी आचार्यले अध्यक्षमा आफ्नो उम्मेदवारीमा दिएका छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि आचार्यलाई अध्यक्ष पदकाे लागि पार्टीले टिकट दिएकाे हाे। उनले साेमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा आचार्यसहित माओवादी केन्द्रबाट युवा तथा कुसल नेता प्रभानन्द आचार्य, कांग्रेसबाट भानु भक्त आचार्य र एकीकृत समाजवादीको तर्फबाट रमेश विश्वकर्माले अध्यक्षमा उम्मेदवारीमा दिएका छन् । अध्यक्षको  पदको लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

आचार्य बौद्धिक तथा क्षमातावान र समाजसेवी नेता हुन्  । उनी एमालेमा सक्रिय छन् । पालिका देखि केन्द्रसम्म राम्रो छबि बनाएका नेता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्