समाचार

खाँडाचक्र नगरपालिका ४ बाट युवा नेता रमेश विश्वकर्माको अध्यक्ष उम्मेदावरी

१४ बैशाख २०७९, बुधबार १५:३९
खाँडाचक्र नगरपालिका ४ बाट युवा नेता रमेश विश्वकर्माको अध्यक्ष उम्मेदावरी

१४ वैशाख, कालिकोट । आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट कालिकोट खाँडाचक्र नगरपालिका वडा न: ४ बाट युवा नेता रमेश विश्वकर्माले अध्यक्षमा आफ्नो उम्मेदवारीमा दिएका छन् ।

स्थानीय तहमा युवाहरुको आकर्षण बढ्दो छ । पछिल्लो समय राजनीतिकमा नयाँ युवा पुस्ताले आफ्नो उम्मेदवारी धमाधम दिएका छन् । यस्तै कालिकोटमा युवा नेता विश्वकर्माले पनि वडा अध्यक्षमा आफ्नो उम्मेदवारीमा दिएका छन् ।

सत्ता गठबन्धनले रमेशलाई टिकट नदिने भएपछि आफु स्वतन्त्रबाट समेत अध्यक्षको उम्मेदवारी बताएका थिए । तर पार्टीले उनलाई टिकट दिए पनि सत्ता गठबन्धनको तर्फाबाट माओवादी केन्द्रलाई टिकट पाएका थिए । तर उनको अड्न अध्यक्षमै रहेको छ ।

अध्यक्षमा रमेशसहित माओवादी केन्द्रबाट युवा नेता प्रभानन्द आचार्य, एमालेबाट भवानी आचार्य र कांग्रेसबाट भानु भक्त आचार्यले अध्यक्षमा उम्मेदवारीमा दिएका छन् ।

आज बसेको सत्ता गठबन्धन कालिकोटले एक्लै एक्लै चुनाव लड्ने  निर्यण गरेको छ । तर आवश्यक परेको ठाउँमा सहयोग गर्ने निर्यण गरेको छ । गठबन्धन दलहरु कम्जोर भएका स्थानीय तह र वडाहरुमा अनिवार्य गठबन्धन बताएको छ ।

उनले भने अग्रज नेता कार्यकर्ता आफ्नो स्वार्थको लागि मात्र चुनाब लड्ने, विकास समृद्धि भने शुन्य । युवाहरु भने ६० डिग्रीको घाममा रोजगारीको लागि बिदेशीनु पर्ने बाध्यता । यिनै युवाहरुको जोस र जागरको नेतृत्व गर्दै आफुले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्