समाचार

कालिकोटमा एक्लै एक्लै चुनाव लड्ने सत्ता गठबन्धनको निर्यण

१४ बैशाख २०७९, बुधबार १४:२३
कालिकोटमा एक्लै एक्लै चुनाव लड्ने सत्ता गठबन्धनको निर्यण

१४ वैशाख, कालिकोट । आसन्न स्थानीय तह निर्वाचनको लागि कालिकोटमा एक्लै एक्लै चुनाव लड्ने सत्ता गठबन्धनको निर्यण  । आज बसेको सत्ता गठबन्धन वैठकले एक्लै एक्लै लड्ने आवश्यक परेको ठाउँमा सहयोग गर्ने निर्यण गरेको छ ।

गठबन्धनका कारण पार्टी भित्र नै किचलो बढ्न थलो । पछिल्लो समय राजनीतिकमा नयाँ पुस्ताको आकर्षण देखिएको छ । गठबन्धन भित्रनै अनेकौं समस्या देखिएपछि सत्ता गठबन्धन यस्तो निर्यण गरेको हो ।

वैठकमा माओवादी केन्द्रका समन्वय संयोजक लक्ष्मी प्रसाद चौलागाई (शैलेन्द्र), नेपाली कांग्रेसक सभापति अम्बर बहादुर शाही, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कुर्मराज शाही, जनता समाजवादी पार्टीबाट माधब प्रसाद उपाध्यय र रास्ट्रिय जनमोर्चाको तर्फाबाट कृष्ण बहादुर शाही सहभागी थिए ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले ३ निर्यण गरेको छ । यस्ता छ निर्यण कालिकोटमा ५ दलिय संयुक्त दलहरुले ९ वटै स्थानीय तहमा गठबन्धन भित्र मित्रवत तालमेलका लागि पार्टीका स्थानीय तहलाई तत्काल बैठक बसि सहमती कायम गर्ने निर्यण गरेको छ ।

गठबन्धन भित्र सहमती हुन् नसकेमा स्वस्थ र मित्रयत प्रतिस्पर्धा गठबन्धन दल बिच गर्ने तर गठबन्धन दल बाहेक अन्य पार्टीसंग तालमेल गर्न नपाउने । र  गठबन्धन दलहरु कम्जोर भएका स्थानीय तह र वडाहरुमा अनिवार्य गठबन्धन गरी सम्बधित स्थानीय तहहरुलाई अधिकार दिएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्