समाचार

गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

१४ बैशाख २०७९, बुधबार १०:४४
गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

१४ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् ।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरी’bout पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताए ।

उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई फिर्ता लिन आग्रह छ । तपाईहरुमाथि भएको अन्यायको एक एक हिसाव हुन्छ । अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ । पार्टीको निर्णय नमानेर कारबाहीमा परेपछि अघि बढ्न गाह्रो हुने मसँग पनि अनुभव छ ।

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनु भयो । अन्यथा पार्टीमा फेरी फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्