खेलकुद

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

१० मंसिर २०७८, शुक्रबार ११:१०
‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गरेका छन् । उनले खेलको २९औँ मिनेटमा गोल गरेका छन् । जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ ।

थ्रीस्टारको तीन अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्