समाचार

सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल टुट्यो

१४ बैशाख २०७९, बुधबार १०:२८
सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल टुट्यो

१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल टुटेको छ ।

यहाँका ८८ स्थानीय तहमध्ये केहीमा माओवादी कांग्रेस, केहीमा माओवादी एकीकृत समाजवादी, केहीमा एकीकृत समाजवादी नेपाली कांग्रेस र केहीमा माओवादी एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच तालमेल भएको हो । तर, उनीहरूबीच पनि सहमति अनुसार उम्मेदवारी दर्ता भने भएको छैन ।

अधिकांश पालिकामा तीन दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र तथा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै गठबन्धन गरेका छन् । तीमध्ये धेरै ठाउँमा दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । तर, नेताहरूले यसअघि सहमति भइसकेका पालिकामा भने सम्बन्धित दलबाहेकको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल थालिएकाले समस्या हल हुने दाबी गरेका छन् ।

कैलालीमा तीन दलीय सहमति गर्नुभन्दा अघि नै लम्की चुहा नगरपालिका र टीकापुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले तालमेल गर्ने निर्णय गरेका थिए । तर, प्रदेशस्तरीय गठबन्धनको बैठकले तीन दलीय तामेल गर्ने निर्णय गरे पनि उनीहरू दबाबमा परेका थिए ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट पनि तालमेल भएका पालिकाहरूमा तालमेल गर्ने र तालमेल हुन नसकेका पालिकाहरूमा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धा गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्