समाचार

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

१४ बैशाख २०७९, बुधबार १०:०२
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

१४ बैशाख, काठमाडौं ।  सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणको रुपमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ः३० बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले भने, ‘हाललाई परिक्षणकोरुपमा २०७९ जेठ १ गतेदेखि लागु हुनेगरि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकमा निर्णय भएको छ ।’

यस्ता छन् अन्य निर्णयहरु ​

प्रतिक्रिया दिनुहोस्