समाचार

मेयरको टिकट नपाएपछि एकीकृत समाजवादीका जिल्ला अध्यक्षले छोडे पार्टी

१४ बैशाख २०७९, बुधबार ०९:५०
मेयरको टिकट नपाएपछि एकीकृत समाजवादीका जिल्ला अध्यक्षले छोडे पार्टी

१४ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी छोडेका छन्।

हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट दाबी गरेका पोखरेलको साटो निवर्तमान उपमेयर मिना कुमारी लामाले पाएपछि असन्तुष्टि बढेको थियो । पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डि.सी. र गोपालबहादुर स्याङतानले पनि राजीनामा दिएका छन् ।

नेकपा (एमाले) छँदा पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षका नेता थिए। पूर्व मुख्य मन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि समाजवादी रोजेका थिए। उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले पनि पार्टी छोडेको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्