समाचार

खाँडाचक्र नगरपालिका ४ बाट कुसल तथा युवा नेता प्रभानन्द आचार्यको वडा अध्यक्ष उम्मेदावरी

१३ बैशाख २०७९, मंगलवार ०३:४५
खाँडाचक्र नगरपालिका ४ बाट कुसल तथा युवा नेता प्रभानन्द आचार्यको वडा अध्यक्ष उम्मेदावरी

१३ वैशाख, कालिकोट । आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द कालिकोट खाँडाचक्र नगरपालिका वडा न: ४ बाट कुसल तथा युवा नेता प्रभानन्द आचार्य वडा अध्यक्षको उमेदवारमा सिफारिस भएका छन् ।

उनी गठबन्धनको तर्फबाट सर्वसहमत सिफारिस भएका छन् । गठबन्धनले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि आचार्यलाई अध्यक्ष पदकाे लागि टिकट दिएकाे हाे। उनले हिजो (साेमबार) उम्मेदवारी दर्ता गराएका हुन् ।

विद्यालय जीवनबाटै राजनीतिक यात्रा सुरू गरेकी उनले विभिन्न संगठनमा बसेर काम गर्दै आएकी थिइन। उनी व्यवसायीसमेत हुन् । उनी विकास निर्माणसँगै समाजसेवाका काममा समेत सहभागी हुँदै आएका छन्।

सरल, समाजसेवा, सालिन, कुसल, बौद्धिक तथा क्षमातावान युवा नेता हुन्  । उनी माओवादी केन्द विद्यार्थी भात्री संगठनका अध्यक्षसमेत भइसकेका छन् ।

उनी २०७४ को चुनावमा पनि वडा अध्यक्ष टिकट पाएका थिए । तर उनले झिनो मतान्तरले पराजित भएका थिए । पालिका देखि केन्द्रसम्म राम्रो छबि बनाएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्