समाचार

माओवादीका दुई पक्षबीच झडप, नगरपालिकामा तोडफोड

१२ बैशाख २०७९, सोमबार ११:५४
माओवादीका दुई पक्षबीच झडप, नगरपालिकामा तोडफोड

१२ बैशाख, चौतरा।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ। टिकट पाउने र स्वतन्त्र उम्मेदवारी दिने समूहबीच झडप भएको हो।

दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि अश्रुग्यास समेत प्रहार  भएको छ। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको  छ।

माओवादी केन्द्रले उक्त नगरपालिकामा कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ। २०७४ सालमा मेयर बनेका अमनसिंह तामाङले दोहोरिन चाहेका थिए तर, टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्