समाचार

पाँच दिनअघि नेकपा एमालेमा प्रवेश गरेका साह टिकट नपाएपछि पार्टी परित्याग, स्वतन्त्र उमेदवारी

१२ बैशाख २०७९, सोमबार १०:३९
पाँच दिनअघि नेकपा एमालेमा प्रवेश गरेका साह टिकट नपाएपछि पार्टी परित्याग, स्वतन्त्र उमेदवारी

१२ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा मेयरको उमेदवार बन्न गत साता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेकपा एमाले प्रवेश गरेका जानकी राम साहले स्वतन्त्र उमेदवारी दिएका छन् ।

पाँच दिनअघि नेकपा एमालेमा प्रवेश गरेका उनले टिकट नपाएपछि पार्टी परित्याग गर्दै सवतन्त्रबाट मेयरमा भिड्न लागेका हुन् । मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपाबाट वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित भएका साह लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि पार्टी परित्याग गरेका थिए । यद्यपि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोसपाले साहसहित ५ जनाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्