मुख्य समाचार

एमाले कालिकोटले ९ वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको नाम सार्वजनिक

११ बैशाख २०७९, आईतवार १६:२३
एमाले कालिकोटले ९ वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको नाम सार्वजनिक

११ वैशाख, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले कालिकोटले ९ वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ  ।

खाँडाचक्र नगरपालिकाका मेयर जसी प्रसाद पाण्डे पुन मेयरमा सिफारिस भएका छन् । पाण्डेसहित उपमेयरमा मिना शाही सिफारिस भएकी छिन्।

तस्तै रास्कोट नगरपालिकाको मेयरमा दायरामा सिंखडा र उपमेयरमा उमा शाही सिफारिस भएकी छिन् । तिलागुफा नगरपालिकाको मेयरमा महेन्द्र बहादुर शाही र उपमेयरमा सत्यदेवी उपाध्याय सिफारिस भएकी छिन  ।

यस्तै गाउँपालिका तिर पचल झरना गाउँपालिका अध्यक्षमा सबिना बोगटी र उपाध्यक्षमा रन रोकाय सिफारिस भएका छन् । सान्नित्रिबेणी गाउँपालिका अध्यक्षमा व्यासी तिरुवा (विकास) र उपाध्यक्षमा पार्वती सिहं सिफारिस भएकी छिन । नरहरिनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा र उपाध्यक्षमा जमुना कुमारी शाही सिफारिस भएकी छिन् ।

तस्तै शुभाकालिका गाउँपालिका अध्यक्षमा भारतराज धिताल भने लक्ष्मी चौलागाई उपाध्यक्षमा सिफारीस भएका छन् । महावै गाउँपालिका अध्यक्षमा दानसिहं सेजुवाल र उपाध्यक्ष सुभ्रदा सिंह सिफारिस भएकी छिन । पलाता गाउँपालिका अध्यक्षमा राजबहादु बम  भने उपाध्यक्ष जसला बुढा सिफारिस भएकी छिन ।

२०७४ सालको चुनावमा एमालेले ९ मध्य ३ पालिका जितेको थियो ।  एक नगरपालिका र २ गाउँपालिका जितेको थियो । तर अहिले एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) भएको छ । कालिकोटमा एमाले भन्दा एकीकृत समाजवादीको राम्रो पकड रहेको छ । तर पनि सबै पालिका आफुनै जिते घोसणा समेत एमालेले गरेका छ ।

यता माओवादीको राम्रो पकड रहेको जिल्ला नै कालिकोट हो । त्यसमा पनि गठबन्धन गरेर एमालेलाई कालिकोटबाट एक पनि पालिका नदिने सोचमा गठबन्धन लागेको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्