समाचार

दुई सांसदले दिए राजीनामा

११ बैशाख २०७९, आईतवार १४:००
दुई सांसदले दिए राजीनामा

११ वैशाख, विराटनगर । प्रदेश नम्बर–१ का नेकपा (एमाले)का सांसद गोपालचन्द्र बुढाथोकी र काजिमान कागतेले पदबाट राजीनामा दिएका छन् ।

 प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए ।

एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने  स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापाको मेचीनगर नगरपालिकामा उठ्ने छन। उनीहरूलाई एमालेले टिकट दिइसकेको छ ।

त्यसैगरी, अर्का प्रदेश सभा सदस्य कागतेले इलामको सूर्याेदय नगरको मेयरमा टिकट पाएपछि राजीनामा दिएका हुन्। इलाम १ को निर्वाचन क्षेत्र नम्बर २ बाट कागते निर्वाचित भएका हुन्। यससँगै प्रदेश सभामा एमालेका ३९ जना सदस्य भएका छन्। यसअघि प्रदेशमा ४१ जना सदस्य थिए। एकीकृत समाजवादी गठन हुँदा एमालेका १० जना प्रदेश सदस्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्