समाचार

पर्साबाहेक अन्य पालिकामा गठबन्धन तालमेल नहुने

१० बैशाख २०७९, शनिबार ०४:३८
पर्साबाहेक अन्य पालिकामा गठबन्धन तालमेल नहुने

१० वैशाख, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् ।

६ महानगर र ११ उपमहानगरको भागबन्ड झन पेचिलो बन्दै गएको छ। सत्ता गठबन्धनका नेता स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा धेरै टिकट पार्न लबिङमा छन्। बलियो पकड भएको क्षेत्रमा अर्को दललाई नछाड्ने र कमजोर क्षेत्रमा भाग खोज्ने अडानबाट गठबन्धनका नेता पछि हटेका छैनन्।

गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो । अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो ।

चुनावी तालमेलको सकसले गठबन्धन अन्योलमा छ। २०७४ सालको स्थानीय तहमा दलहरुले पाएको मतलाई मुख्य आधार बनाएर तालमेलको मोडालिटीका लागि गृहकार्य गरिरहेका सत्ता घटक दलहरु आफूलाई कमजोर नठान्न एक अर्कालाई चुनौती दिइरहेका छन्। नेपाली कांग्रेसभित्र चुनावी तालमेल गर्न नहुने मत बलियो बन्दैछ भने नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले कांग्रेस बाहेकको गठबन्धनका लागि पनि गर्हकार्य गर्नुपर्ने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्