समाचार

महानगर र उपमहानगरको उम्मेदवार तोक्न एमालेको सचिवालय बैठक बस्दै

१० बैशाख २०७९, शनिबार ०४:०९
महानगर र उपमहानगरको उम्मेदवार तोक्न एमालेको सचिवालय बैठक बस्दै

१० वैशाख, काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट)मा दिउँसो ३ बजे बस्ने छ । बैठकमा स्थानीय निर्वाचनमा ६ महानगरपालिका र ११ उपमहानगरपालिका उम्मेदवार र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने सचिवालयले जनाएको छ ।

एमालेले महानगर र उपमहानगरका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ । ६ ओटा महानगरपालिकामध्ये ललितपुरमा हरिकृष्ण ब्याञ्जनकार, वीरगञ्जमा विजय सरावगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरुपमा सिफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्