समाचार

काँग्रेसका परित्याग गरेर यादव जसपा प्रवेश

९ बैशाख २०७९, शुक्रबार ०५:५२
काँग्रेसका परित्याग गरेर यादव जसपा प्रवेश

९ वैशाख, रुपन्देही ।नेपाली काँग्रेस रुपन्देही सिद्धार्थ नगरका पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस रूपन्देहीका पूर्व क्षेत्रीय सभापति यादव शुक्रबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिद्धार्थनगर नगरपालिकाको मेयरका लागि उम्मेदवार बन्ने चाहना राखेका यादव पार्टीले

गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।

प्रतिक्रिया दिनुहोस्