समाचार

प्रधानमन्त्रीको गृहजिल्लामा गठबन्धनको नहुने

९ बैशाख २०७९, शुक्रबार ०५:३२
प्रधानमन्त्रीको गृहजिल्लामा गठबन्धनको नहुने

९ वैशाख, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका दलहरुले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोलभन्दा पनि गठबन्धनको विषय बढी चर्चामा छ। गठबन्धनसँगै दलहरुलाई उम्मेदवारको टुंगो लगाउन पनि सकस परेको देखिन्छ।

दलहरुले यस्तो निर्णय गरेपनि जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसकेको हो । परशुराम नगरपालिका जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो । कांग्रेसका जिल्ला सभापति नगर प्रमुख रहेको यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठबन्धन नगर्ने निर्णय गरिएको हो । गत स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिका कांग्रेसले जितेको हो । माओवादीले थोरै मतले परशुराम नगरपालिकामा निर्वाचन हारेको थियो ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्षसहित बहुमत वडाध्यक्ष जितेको अजयमेरु गाउँपालिकामा वर्तमान अध्यक्ष  उमेशप्रसाद भट्ट ‘विकास’ दोहोरिने भएका छन्।

नेकपा माओवादी केन्द्र डडेलधुरा जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका भट्टलाई पुन: गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सिफारिस भएको छ। माओवादी केन्द्रको अजयमेरु गाउँपालिका समितिको पूर्ण बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिका समिति अध्यक्ष गणेश पाण्डेयले बताए।

प्रतिक्रिया दिनुहोस्