समाचार

आजबाट एसईई सुरु

९ बैशाख २०७९, शुक्रबार ०१:५२
आजबाट एसईई सुरु

९ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आज बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् । काेभिड-१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्