समाचार

मेयरमा उठ्न एमलेका वाग्मती प्रदेशसभा सदस्यले दिए राजीनामा

८ बैशाख २०७९, बिहीबार १६:००
मेयरमा उठ्न एमलेका वाग्मती प्रदेशसभा सदस्यले दिए राजीनामा

८ वैशाख, काठमाडौं। बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले सदस्य पदबाट राजीनामा दिएका छन् ।

सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताए ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे ।

सांसद सुवेदीलाई एमालेले आगामी निर्वाचनमा भरतपुर महानगरपालिकाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गर्दै उनको नाम जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्