राजनीति

स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा

८ बैशाख २०७९, बिहीबार ०९:४३
स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा

८ वैशाख, काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।

रन्जुले बिहीबार सामाजिक सञ्जालमार्फत गत निर्वाचनमा घरघरमा मतदातालाई बाँडेका घोषणापत्र बमोजिम काम गर्न नसकेकाले यस निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्न नमिल्ने समीक्षा गरेको उल्लेख गरेकी छिन्।

उनले भनेकी छन्–‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु ।’ उनले आफ्नै कटु समिक्षा र मूल्याङ्कन गरेको भन्दै आफू सत्यमा विश्वास गर्ने, मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अपनाउने बताएकी छन् । उनले स्थानीय तह चुनावमा उम्मेदवार नबनेपनि आफू सक्रिय रुपमा राजनीतिमा लाग्ने रातोपाटीलाई बताइन् ।

प्रतिक्रिया दिनुहोस्