समाचार

महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

८ बैशाख २०७९, बिहीबार ०९:२७
महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

८ वैशाख, काठमाडौं। आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक आज बिहीबार बस्दैछ।

६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्