मनोरञ्जन

पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्

७ बैशाख २०७९, बुधबार १४:०९
पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्

७ बैशख, कालिकोट । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिग गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । उनले आज बकपत्र दिँदै अभिनेता शाहले आफूलाई बलात्कार नगरेको बरु अरुको उक्साहटमा आफूले उनीविरुद्ध अभियोग लगाएको बयान दिएको अदालत स्रोतले जनाएको छ ।

नवलपुरमा बालिकाका बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाईं, मेडिकल रिपोर्ट तयार पारेका डाक्टरलगायतको बकपत्र लिइनेछ। आज अरुको बकपत्र नसकिएकोले अन्यको बकपत्र भोलि गरिनेछ।

अदालतका कर्मचारीका अनुसार सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी हुन् । बलात्कार भएको भनी आफूले आवेशमा आएर तनहूँमा त्यसघि बयान दिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्