७ बैशख, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोटका युवा तथा प्रभाशाली नेता प्रेम प्रकाश चौलागाईले खाँडाचक्र नगरपालिका ८ बाट वडा अध्यक्षमा स्वतन्त्र बाघी उम्मेदवार घोषणा गरेका छन् ।
साथै आज देखि कुनै पनि पार्टीमा नरहेको चौलागाईले घोषणासमेत गरेका छन् । पार्टीमा क्षमता योगदानको कदर नभएको र पार्टीले सहिनेतृत्व छनोट नगरेको जनताको हरेक पिडालाई आत्मसात गर्न सक्ने क्षमतावान नेतालाई अघि नबढाएको र कुनै व्यक्तिको निजि स्वार्थको लागि व्यक्ति सिफारी भएका कारण आफुले स्वतन्त्र बाघी उम्मेदवार दिएको बताएका छन्।
चौलागाईंले भने “युवाहरु सधै नेतृत्व बाहिर रहने र हजारौं युवा बैदेशिक रोजगारीका लागि बाहिरिनु पर्ने । गाउँ बस्ति बनाउने बेला ४० डिग्रीको घाम विदेश गएर काम गर्नु पर्ने बाध्यता । युवा साथीलाई गाउँमै सोरोजगार बनाउने सुनौलो अवसरलाई आत्मसात गर्दै युवाको नेतृत्व गर्नको लागि आफुले अघि सरेको चौलागाईले बताएका छन् ।
कहिलेसम्म युवा बाहिर बसेर पार्टीलाई सहयोग गरि रहने । अब युवाले नेतृत्व गर्ने सक्रिय नेता कार्यकर्ताले युवालाई साथ र सपोट गर्ने । वरिष्ठ नेता कार्यकर्ताको अनुभवले र युवाको जोस र जागरलाई अघि रहेर पार्टीलाई सहयोग गर्ने सुझाव दिएका छन् ।