समाचार

कांग्रेस महामन्त्री शर्माले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ?

७ बैशाख २०७९, बुधबार ०६:१२
कांग्रेस महामन्त्री शर्माले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ?

७ वैशाख, काठमडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाईलाई पदबाट राजीनामाका लागि घुमाउरो शैलीमा आग्रह गरेका छन् ।

उनलाई सत्तारुढ दलभित्रबाटै राजीनामा दिनुपर्ने दबाव सिर्जना भएको छ। अर्थमन्त्री शर्माको व्यक्तिगत टकरावका कारण सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई चैत २६ गते निलम्बन गरेको थियो।

बुधबार  सामाजिक सन्जालमार्फत महामन्त्री शर्माले घुमाउरो पारामा अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । उनले गभर्नर निलम्बन प्रकरणमा यसअघिको एउटा घटनालाई पनि स्मरण गरेका छन् ।

‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !,’ उनले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

प्रतिक्रिया दिनुहोस्