समाचार

गठबन्धनले टुंग्यायो ६ महानगरका उपमेयर पनि, कसलाई कहाँ?

६ बैशाख २०७९, मंगलवार १४:४९
गठबन्धनले टुंग्यायो ६ महानगरका उपमेयर पनि, कसलाई कहाँ?

६ वैशाख,काठमाडौं। लामो रस्साकस्सीबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुले महानगरपालिकामा उपमेयरको टुंगो लगाएका छन्।

शीर्ष नेताहरूबीच गठबन्धनका पाँच दलमध्ये कांग्रेसले तीन महानगरको मेयर लिने र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक वटा महानगरको मेयर लिने समझदारी बनिसकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको मंगलबारको बैठकले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको भागमा पर्साको वीरगञ्‍ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवार उठाउने सहमति गरेको छ।

गठबन्धनमा रहेका नेताहरुले नेपालखबरलाई दिएको जानकारी अनुसार यसअघि कांगे्रसले जितेको ३, जनता समाजवादी पार्टीले जितेको १ उपमहानगरपालिका त्यही दलले पाउनेछ।

जितपुर-सिमरा, घोराही, तुल्सीपुर, मकवानपुरको हेटौँडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका गठबन्धनमा रहेकामध्ये चार दललाई भागवण्डा हुनेछ।

प्रतिक्रिया दिनुहोस्