समाचार

सत्तारुढ गठबन्धनको बैठक फेरि बस्ने

६ बैशाख २०७९, मंगलवार १४:२३
सत्तारुढ गठबन्धनको बैठक फेरि बस्ने

६ वैशाख,काठमाडौं। सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो ।

आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ । सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्